धनकुटाबाट प्रतिबन्धित लागू औषध सहित एक जना पक्राउ
धनकुटा, माघ १० गते । धनकुटाको धनकुटा नगरपालिका-७ स्थितबाट प्रतिबन्धित लागू औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ ९ गते बेलुका जिल्ला प्रहरी कार्यालय धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले स्थानीया २१ बर्षीय किरण राईलाई लागूऔषध ट्रामोल २७ ट्याब्लेट र स्पास्पेन १७ क्याप्सुल सहित पक्राउ गरेको हो।
पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।


