भूमि समस्या समाधान आयोग धनकुटाको अध्यक्षमा राई नियुक्त भएको साँगुरीगढीको चाँदीबजारमा सम्मान तथा बधाई कार्यक्रम
हिराराज राई,धनकुटा । भूमि समस्या समाधान आयोग धनकुटाको अध्यक्षमा देवमान राई नियुक्त भएको छ।
तत्कालीन आहाले गाविसका अध्यक्ष, आहालेका देवमान राई नेपाल सरकारको मन्त्री परिषदको निर्णयबाट भूमि समस्या समाधान आयोग धनकुटाको अध्यक्षमा मनोनीत हुनुभएको हुँदा उहाँलाई साँगुरीगढी-९ को चाँदीबजारमा सम्मान तथा बधाई दिइएको छ।
नेकपा एमालेको केन्द्रिय कमिती सदस्य, धनकुटा जिल्लाको संघीय सांसद तथा पुर्व मन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यमा यो कार्यक्रम आयोजना गरिएको हो।
सत्ता गठबन्धन नेकपा एमाले र नेपाली कांग्रेसले भागबण्डा गरेको आयोगमा भूमि व्यवस्था मन्त्रालयले देवमान राईलाई एमालेको कोटाबाट जिल्ला अध्यक्षमा नियुक्त गरेको हो।
प्रचण्ड नेतृत्वको सरकार वहिगर्मन भएसँगै विघटन भएको आयोगको केन्द्रिय समितिले पूर्णता पाए तापनि जिल्ला नेतृत्व तय हुन सकेको थिएन।
लामो समयदेखि जिल्ला नेतृत्वमा अन्यौल सिर्जना भइरहेको वेला राईको नियुक्तिले भूमि समस्याका बांकी काम पुरा हुने विश्वास लिइएको छ।
सुकुमबासी, दलित सुकुमबासी र भुमिहिन व्यक्तिहरूको लागि एकदमै तत्पर रहेर काम गर्ने भूमि समस्या समाधान आयोगका अध्यक्ष राईले बताए।


