धनकुटाको लेगुवामा अनुगमन,९ हजार बढी बराबरको म्याद नाघेका पेय पदार्थ तथा चाउचाउ जफत गरि नष्ट
धनकुटा । धनकुटाकाे महालक्ष्मी नगरपालिका लेगुवा राम बजारकाे आज अनुगमन गरिएकाे छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाका कार्यलय प्रमुख आनन्द डंगाेलकाे नेतृत्वमा खटिएकाे टाेलिले त्यहाँका किराना पसल,हाेटल तथा रेष्टुरेण्टहरुकाे अनुगमन गरेकाे हाे ।
अनुगमनकाे क्रममा ९ हजार ९ सय, ६४ रुपयाँ बराबरकाे म्याद नाघेका पेय पदार्थ तथा चाउचाउ जफत गरि नष्ट गरिएकाे छ ।
साेही क्रममा हाेटल तथा किराना पसल व्यवसायिहरुलाई खाद्य तथा पेय पदार्थकाे लेवल हेरेर खरिद विक्री गर्न,भान्सा काेठा सफा राख्न,व्यक्तिगत सरसफाइमा ध्यान दिन,खाद्य सामाग्री र अखाद्य सामाग्री छुट्टा छुट्टै ठाउँमा राख्न निर्देशन दिईएकाे अनुगमन टाेलिले जनाएकाे छ ।
टाेलिमा खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यलय सहित जिल्ला प्रशासन कार्यलय,घरेलु तथा साना उद्याेग कार्यलय,लेगुवा प्रहरी चाैकी,राष्ट्रिय उपभाेक्ता मञ्च धनकुटाका प्रमुख एवम् प्रतिनीधिहरुकाे सहभागिता थियाे । टाेलिले त्यहाँका ३ किराना पसल र १३ वटा हाेटल तथा रेष्टुरेण्टकाे अनुगमन गरेकाे थियाे ।




