किसान महासंघ धनकुटाद्वारा समसामयिक विषयमा अन्तरक्रिया तथा छलफल

धनकुटा । नेपाल किसान महासंघ धनकुटाको आयोजनामा बिहिवार धनकुटामा समसामयिक विषयमा अन्र्तक्रिया तथा छलफल गरिएको छ ।

छलफलमा नेपाली कांग्रेस जिल्ला उपसभापति सुनिल कुमार डंगोलले नेपाली कांग्रेसलाई बलियो बनाउन सवै एकजुट भएर अगाडी बढ्नु पर्ने वताउनु भयो । नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य आनन्द सन्तोषी राईले गाउ गाउसम्म किसान महासंघले अभियान संचालन गर्नु पर्नेमा जोड दिनु भयो । त्यस्तै जिल्ला सचिव विजय सन्तोषी राईले कांग्रेसमा पुस्तान्तरण संर्गै रुपान्तरण हुनु पर्नेमा जोड दिनु भयो । जिल्ला सहसचिव रोशन श्रेष्ठले किसान महासंघलाई अझ सक्रिय बनाउनु पर्ने वताउनु भयो ।

नेपाल तरुण दलका केन्द्रिय सदस्य तिलक महतले सवै भातृ तथा शुभेच्छुक संस्थाहरुले सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो ।
नेपाल किसान महासंघ धनकुटाका अध्यक्ष दिल कुमार राईको अध्यक्षतामा सम्पन्न छलफलमा ,नेपाल तरुण दलका केन्द्रिय सदस्य यूवराज पराजुली, नेपाल प्रजातन्त्र सेनानी संघ धनकुटाका अध्यक्ष दिनेश भण्डारी,नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु,नेपाल टे«ड युनियन धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,लोकतान्त्रिक खेलकुद संघ धनकुटाका अध्यक्ष शम्भु प्रधान,नेपाल निजामती कर्मचारी यूनियन धनकुटाका अध्यक्ष खिर वहादुर बुढाथोकी,नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला, लगायतले आ आफ्नो भातृ तथा सुभेच्छुक संघ सस्थाहरुको अवस्थाको वारेमा जानकारी गराउदै सवैले सहकार्य गरी अगाडी वढ्नु पर्नेमा जोड दिए ।

छलफलको उदेश्य नेपाल किसान महासंघ धनकुटाका सचिव गोकुल लुइटेलले प्रकाश पार्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।