सहिदभूमिमा सडक दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियम सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न
धनकुटा,माघ ११ । धनकुटामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
इलाका प्रहरी कार्यालय छिन्ताङको आयोजनामा जिल्लाको सहिदभूमी गाउँपालिक वडा नं -४ पिप्ले चौकमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
इलाका प्रहरी कार्यालय छिन्ताङका कार्यालय प्रमुख प्रहरी निरीक्षक जीवन कुमार मौनालीले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम सम्बन्धि (ट्राफिक नियमको पालना,सवारी चालकले सवारी चलाउदा ध्यान दिनु पर्ने महत्तव पुर्ण कुरा,पैदल यात्रीले बाटो क्रस गर्दा के के कुरामा ध्यान दिनु पर्ने साथै ट्राफिक चन्हको ) बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा स्थानिय जनप्रतिनिधी, बुद्धिजिवी तथा सवारी चालक,सह-चालक,पैदल यात्री समेतको उपस्थिति रहेको थियो ।


