अन्तर्राष्ट्रिय शिक्षा दिवसमा कांग्रेसको ‘ग्लोबल वेबनार’, एक लाखभन्दा बढी सहभागी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले ग्लोबल वेबनार कार्यक्रम आयोजना गरेको छ। 

७औं अन्तर्राष्ट्रिय शिक्षा दिवस २४ जनवरीको अवसरमा शुक्रबार भर्चुअल माध्यमबाट शिक्षा नीति बहसअन्तर्गत चौथो श्रृंखलाका रूपमा विभागले ग्लोबल वेबनार आयोजना गरेको हो।

कांग्रेस केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरको संयोजकत्वमा आयोजित कार्यक्रममा दिनहुँ विश्वव्यापी रूपमा परिवर्तन भइरहेका शिक्षा प्रणाली र यसका आयामबारे चर्चा गरिएको थियो।

आर्टिफिसियल इन्टेलिजेन्टको माध्यमले शिक्षामा कसरी प्रभाव परिरहेको छ र शिक्षालाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा कार्यक्रमका सहभागीहरूले आफ्नो धारणा राखेका थिए। 

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सबैले प्रविधि अनुरूप चल्न सक्नुपर्ने बताए। ‘समय सापेक्ष शिक्षा नीति अंगिकार गर्दै चल्न सकेनौं र प्रविधिलाई अंगाल्न सकेनौं भने हामीले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनौं। त्यसैले प्रविधि विकासमा ध्यान दिनुपर्छ,’ उनले भने।

सेमिनारमा शिक्षा विभाग प्रमुख महरले एआईलाई सञ्चालन गर्न जीवन पद्धति पनि आदर्शवादी हुनु जरुरी रहेकोमा जोड दिए। ‘जस्तो हामीले व्यवहार र कर्म गर्‍यौं, त्यही अनुसार एआईले पनि कपी गर्ने भएकाले राम्रो सोच्दा र राम्रो नियम पालन गर्दा एआईले पनि त्यसै अनुसार काम गर्छ। एआईको प्रयोग राम्रो नभएमा विश्वमा ठूला खतरा पनि हुन सक्छन्,’ उनले भने।

यसको सदुपयोग गर्न, शिक्षाभित्र प्रवेश गराउन विद्यार्थी, शिक्षक र अभिभावकका लागि एआईका माध्यमले काम गर्न सबै देशका जनता प्रविधिमा सचेत हुनु आवश्यक रहेको महरले बताए। यसलाई कानुनबद्ध गर्दा राम्रो सन्देश दिने भन्दै त्यसो हुन नसकेमा खतरा उत्पन्न हुनसक्ने तर्फ उनले सचेत गराएका छन्।

खुला विश्वविद्यालयका डिन सुरेन्द्र श्रेष्ठ, पावर अथिरिटीका निर्देशक सुरेन्द्र लम्साल, वातावरण विद् डा. धर्म उप्रेती, भाषा आयोगका पूर्वअध्यक्ष लवदेव अवस्थीलगायतका विज्ञले यस विषयमा आफ्नो धारणा राखेका थिए।

विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख, एनआरएनका प्रतिनिधि, ३५ देशका जनसम्पर्क समिति, विश्वमा रहेका प्रोफेसर र नेपालमा रहेका विश्व विद्यालयका प्रतिनिधि भिसी, रेक्टर, रजिस्ट्रार, मन्त्री, कांग्रेस पदाधिकारीलगायत एक लाखभन्दा बढी मानिस छलफलमा जोडिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖