नेपाल निजामती कर्मचारी संगठन धनकुटाको १२ औं जिल्ला अधिबेशन सम्पन्न, अध्यक्षमा खत्री
धनकुटा । नेपाल निजामती कर्मचारी संगठन धनकुटाको १२ औं जिल्ला अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनबाट अध्यक्षमा सुरेन्द्र खत्री निर्वाचित भएका छन् ।
त्यसैगरि उपाध्यक्षद्वयमा बिकाराम राई र अन्जना मगर,सचिवमा मिनकुमार थापा,सहसचिबमा याम बहादुर आले र कोषाध्यक्षमा तेज प्रकाश अधिकारी निर्वाचित भएका छन् ।
सदस्यहरुमा दिवाकर देउजा,गिता लुईटेल, बेनु खत्री, गजेन्द्र रम्तेल, धनिकलाल ठाकुर,अनिल तिम्सिना,मञ्जु राई,पदमप्रसाद दाहाल,शेरबहादुर लिम्बु र विनय घिमिरे निर्वाचित भएका छन् ।
त्यसैगरि प्रदेश प्रतिनिधिमा बिनोद बस्नेत, नेत्र श्रेष्ठ, अनुजा पराजुली र विनय पौडेल तथा केन्द्रीय प्रतिनिधिहरुमा रामकृष्ण सुवेदी,इन्द्र ब भण्डारी,माईती कुमारी राई र इन्द्र ब पाेख्रेल र लेखा संयाेजकको अध्यक्षमा कुबेर धिमिरे र सदस्यहरुमा लुना चाैलागाई र किरण कार्की चयन भएका छन् ।


