तमु ह्युल छोंज घी गुरुङ राष्ट्रिय परिषद धनकुटाको तेश्रो अधिवेशन सम्पन्न,अध्यक्षमा निरोज गुरुङ

धनकुटा । तमु ह्युल छाेंज घी गुरुङ राष्ट्रिय परिषद धनकुटाकाे तेश्राे अधिवेशनले निराेज गुरुङकाे अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेकाे छ ।

तमु ह्युल छाेंज घी गुरुङ परिषदका केन्द्रीय माहासचिव डम्बर गुरुङकाे प्रमुख आतिथ्यमा आज पाख्रीवासमा सम्पन्न अधिवेशनले निराेज गुरुङकाे अध्यक्षतामा १३ सदस्यिय जिल्ला कार्य समिती चयन गरेकाे हाे ।

समितीकाे वरिष्ठ उपाध्यक्ष मन बहादुर गुरुङ,उपाध्यक्षमा मीन बहादुर गुरुङ,सचिवमा टाेम गुरुङ र काेषाध्यक्षमा भिम कुमारी गुरुङ रहेका छन् ।

त्यस्तै अधिवेशनले टीका गुरुङकाे अध्यक्षतामा १३ सदस्यिय तमु ह्युल महिला समिती पनि गठन गरेकाे छ । भने गणेश गुरुङकाे अध्यक्षतामा ११ सदस्यिय तमु ह्युल युवा समिती पनि गठन गरेकाे छ ।

अधिवेशनकाे खुल्ला सत्रलाई सम्बाेधन गर्दै महासचिव गुरुङले आदिवासी जनजातिहरुकाे मुद्वा प्रति राज्य उदासिन रहेकाे बताउनु भयाे । राज्यले एकात्मक शासन लाद्न खाजेकाे भन्दै उहाँले सम्पूर्ण जनजातीहरुले आफ्नाे भाषा, सस्कार संस्कृती संरक्षणमा लाग्नु पर्ने बताउनु भयाे । साथै तमुहरुकाे अधिकारका निम्ति सम्पूर्ण तमुहरु एकथलाेमा आउनुपर्ने पनि धारणा राख्नु भयाे ।

परिषदका निवर्तमान जिल्ला अध्यक्ष श्याम गुरुङकाे अध्यक्षतामा सञ्चालित अधिवेशनमा प्रदेश अध्यक्ष हाेम बहादुर घले, पूर्व अध्यक्ष तथा पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।