भुल्के खानेपानी आयोजना कार्यान्वयनका लागि निर्णायक दवावमूलक आन्दोलन गर्नु पर्छ : पूर्व मन्त्री एवं सांसद राई

धनकुटा, १५ माघ । नेकपा एमालेका केन्द्रिय सदस्य,पूर्व खानेपानी मन्त्री,जिल्ला इन्चार्ज एवं सांसद राजेन्द्र कुमार राईले रोकिएको भुल्के लिफ्ट खानेपानी आयोजना कार्यान्वयन गर्न पालिकालाई खबरदारी गरिनु पर्ने बताए ।

एमाले पाख्रिबास नगर कमिटीले आयोजना गरेको जरा केन्द्रित तीन महिने अभियानको पाख्रिबास नगर स्तरीय कार्यकर्ता भेला एवं नगर कमिटीको पुर्ण बैठकलाई आज सम्बोधन गर्दै पूर्वमन्त्री राईले यस्तो बताएका हुन् ।

भुल्के खानेपानी आयोजना संचालन हुन नसके आफु खानेपानी मन्त्री हुंदा पालिकामा खानेपानी आयोजनाको निम्ति छुटिएर आएको सम्पूर्ण बजेट आयोजनाका लागि कार्यान्वयन गर्न नसकिने प्रावधान रहेको र बजेट फ्रिज हुने राईले बताउनु भयो ।

खानेपानी मौलिक अधिकार हो,रोक्न मिल्दैन तर त्यसको लागि निर्णयक दवावमूलक आन्दोलन गर्नु पर्छ । जनताको माझमा काम गरेर नेता बन्नु पर्ने र त्यसको लागि जनप्रतिनिधिहरु लाग्नु पर्नेमा पूर्वमन्त्री राईले जोड दिए ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले बिकासको निम्ति निधार खुम्चाउनेहरुका बिरुद्द आंधीबेहरी ल्याउनु पर्ने बताए । हाम्रो पार्टीको यस ३ महिने जरा केन्द्रित अभियानका लागि अभियान्तहरु तोकिएको साथै बिकास संगै खानेपानी जस्तो संवेदनशिल मौलिक अधिकार हनन् गर्नेहरुका बिरुद्द लाग्नु पर्ने र पाख्रीबासको खानेपानीका लागि गरिने कार्यको जिल्ला कमिटीको संधै साथ,समर्थन रहने पनि अध्यक्ष आङ्लाले बताए ।

पाख्रीबास होटल भ्यूमा भएको कार्यक्रममा एमालेका प्रदेश,जिल्ला,पालिका,वडाका नेता कार्यकर्ता सहभागि थिए । एमालेले माघदेखि चैतसम्म तीन महिनाका लागि वडा केन्द्रित अभियान सुरु गरेको हो । जरा केन्द्रित अभियान नाम दिइएको यो कार्यक्रममा सङ्गठनका कमीकमजोरीको मुल्यांकन गर्दै जनताको चासो र गुनासो बुझेर सम्बोधनको प्रयास गरिने गरिनेछ ।

पाख्रिबास नगर कमिटी अध्यक्ष शान्तिराम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव सिताराम राईले संचालन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।