नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले आफ्नो वेबसाइट निर्माण गर्ने

धनकुटा,१६ माघ । नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले आफ्नै वेबसाइट निर्माण गर्ने भएको छ।

आज बसेको जिल्ला कार्यसमिती धनकुटाको बैठकले वेबसाइट निर्माण गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ धनकुटाशाखाका अध्यक्ष विदुर खवासले बताउनु भयो ।

महासङ्घको स्थापना कालदेखि हालसम्मका महत्वपूर्ण कागजातहरू डिजिटल प्रणालीमा सुरक्षित राख्न वेबसाइट उपयोगी हुने भएकाले वेबसाइट निर्माण गर्न लागिएको नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष खवासको भनाइए थियो ।

पत्रकार महासङ्घलाई प्रविधिसँग अघि बढाउन तथा सूचना प्रवाहलाई व्यवस्थित गर्न वेबसाइट निर्माण हाम्रो प्राथमिकतामा रहेको सचिव हरिबहादुर लम्जेलले जानकारी दिए । महासङ्घले छिट्टै नै वेबसाइट निर्माण प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ। वेबसाइट निर्माणपछि महासङ्घका गतिविधिहरू अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

त्यस्तै महासंघले सञ्चालनमा ल्याएको पुस्ककालयाई व्यवस्थित गर्ने, महासंघको गतिविधिलाई समेटेर भित्ते पात्रो प्रकाशन गर्ने,स्थानीय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा अग्रज पत्रकारहरुसग विभिन्न विषयमा अन्तरक्रिया गर्ने तथा सञ्चार डायरी प्रकाशन गर्ने लगायतका निर्णय गरिएको महासंघले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।