कांग्रेसले संचालन गरेको एक सय दिने बिशेष अभियानको धनकुटामा आज समापन
धनकुटा,१६ माघ । नेपाली कांग्रेसले संचालन गरेको एक सय दिने बिशेष अभियानको धनकुटामा आज समापन गरिएको छ ।
कार्तिक ३ गते बाट सुरु गरिएको अभियान लाई आज एक कार्यक्रमका बिच नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा.डिला संग्रौलाले समापन गर्नु भएको हो ।
समापन कार्यक्रममा बोल्दै नेतृ संग्रौलाले पाटीको कृयाशिल वितरणमा कुनै पक्षपात नगर्न पाटीका नेता कार्यकर्ता लाई लाई आग्रह गर्नु भयो । पाटी लाई मजबुद बनाउँन सबै नेता कार्यकर्ताको सहयोग आवश्यक भएकोले त्यस अनुरुपनै अगाडी बढ्नु पर्ने बताउँनु भयो साथै उहाँले जिल्ला बाट प्राप्त भएका सुझाव तथा गुनासा लाई पाटीले यथोचित रुपमा सम्बोधन गर्ने समेत बताउँनु भयो ।


