नेपाल निजामती कर्मचारी युनियन धनकुटाको अध्यक्षमा बुढाथोकी
धनकुटा,१६ माघ । नेपाल निजामती कर्मचारी युनियन धनकुटाको अध्यक्षमा खिरबहादुर बुढाथोकी निर्वाचित हुनुभएको छ । नवौं अधिवेशनबाट बुढाथोकी सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो।
त्यस्तै समितिको खुला उपाध्यक्ष अमित कुमार शाह , उपाध्यक्ष महिलामा रिता आचार्य, उपाध्यक्ष समाबेशी इशा राई, सचिवमा धीरेन्द्र सिंह भण्डारी, कोषध्यक्षमा मातृका धिताल, सहसचिवमा दिनेशविक्रम थापा र सदस्यहरूमा गौतम गुरुङ, संजय नारायण यादव, यानबहादुर सुवेदी, तुलसीजंग थापा, अनिता वाग्ले, सुजन भण्डारी,कमल कार्की, सन्तोष खतिवडा, तुलसीजंग भट्टराई चयन हुनुभएको छ ।
त्यस्तै प्रदेश प्रतिनिधिमा विकास कार्की, यज्ञमणि खतिवडा चयन हुनुभएको छ भने संघीय प्रतिनिधिमा नवराज खतिवडा र भक्तमणि राई चयन भएको जनाइएको छ।
नेपाल निजामती कर्मचारी युनियन पाख्रीबासको अध्यक्षमा कार्की
धनकुटा । नेपाल निजामती कर्मचारी युनियन पाख्रीबासको अध्यक्षमा महेन्द्रबहादुर कार्की चयन हुनुभएको छ । प्रथम नगर अधिवेशनबाट कार्की अध्यक्षमा चयन हुनुभएको हो।
त्यस्तै उपाध्यक्षमा शेखर गौतम,समावेशी उपाध्यक्षमा कमला बस्नेत, सचिवमा विनोद कुमार सत्याल, सहसचिमा टीका गुरुङ, कोषाध्यक्ष अनिता राना चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा इन्दु भुसाल, सुनिता राई,हरिदत्त भट्ट,गोकुल घिमिरे र निशा श्रेष्ठ चयन हुनुभएको छ।


