सहिद परिवारको माझमा कमल थापाको यस्तो सड्ढल्प…

काठमाडौं, १६ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनितीमा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाएरै छाड्ने सड्ढल्प गरेका छन् ।
 
सहिद दिवसको अबसरमा पार्टीद्वारा आज काठमाडौंमा आयोजित स्मृति दिबस कार्यक्रममा बोल्दै थापाले राष्ट्रियता र प्रजातन्त्रको निमित्त जीवन उत्सर्ग गर्ने शहिदहरुप्रती श्रद्धा सुमन प्रकट प्रकट गरेका हुन ।

बिचार र सिद्धान्त अङ्गिकार गरेको आधारमा धेरै साथिहरुले जीवन गुमाएको चर्चा गर्दै थापाले सहिदहरुको सपना पूरा गर्न आफुले आगामी दिनमा निश्काम कर्म गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । देशलाई अहिले बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको जरुरी भएको र ब्यबस्था र अबस्था परिबर्तन गर्न आन्दोलन आबश्यक भएको बताउदै थापाले त्यसको लागि बिचार मिल्नेहरु सबै एकै ठाउँमा आउनुपर्नेमा जोड दिएको समेत बताए । 
 
अत्यन्तै सड्ढटपुर्ण घडीमा राप्रपा नेपाललाई तत्कालीन अबस्थामा उठाउन महत्त्वपूर्ण भुमिका र योगदान दिनुहुने नेताहरुको स्मरण गर्दै थापाले उनीहरूको आत्माको शान्तिको लागि पनि  बिचार र सिद्धान्त केन्द्रित भएर काम गर्नुपर्नेमा उनको जोड थियो ।
 
‘राजेश्वर देबकोटा,रबिन्द्रनाथ शर्मा, पद्मसुन्दर लावती, हेम बहादुर मल्ल, चन्द्रबहादुर गुरुङ्ग, लोकबहादुर थापालगायतले गरेको योगदान पार्टी जिबनमा चिरस्मरणिय रहन्छ,’ थापाले भने । राप्रपा नेपाललाई आगामी दिनमा बिचार र सिद्धान्त केन्द्रित पार्टी बनाउने भन्दै थापाले हिन्दुराष्ट्र, राजसंस्था पुनर्स्थापना मात्र अब पार्टीको अभिष्ट हुने र आन्दोलन केन्द्रित हुने स्पष्ट पारे । 
 
‘अब हामी नै हिन्दुबादी, राजाबादी, राष्ट्रबादीलाई समेटेर, गोलबन्द गर्दै आन्दोलनको बाताबरण निर्माण गर्छौ’ उनले थपे । कार्यक्रममा तत्कालिन राप्रपा नेपालको निर्माणमा महत्त्वपूर्ण योगदान दिनुहुने पार्टीका दिबङ्गत नेताहरु पुर्ब अध्यक्ष रबिन्द्रनाथ शर्माको धर्मपत्नी सरोजा शर्मा, पुर्ब सहअध्यक्ष पद्मसुन्दर लावतीको धर्मपत्नी बिष्णु शोभा लावती, उपाध्यक्ष हेमबहादुर मल्लको धर्मपत्त्नी शारदा मल्ललाई अध्यक्ष थापाले दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए ।

स्मृति सभामा पार्टीका वरिष्ठ नेता सहिद परिवारका सदस्य बिष्णु भट्टराई, महामन्त्री राजाराम बर्तौला , सहिद परिवारका सदस्य इन्जिनियर पुष्कर ढुङ्गेल र हमहामन्त्री हिक्मतजङ्ग भण्डारीले बोलेका थिए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।