धनकुटामा तामाङ समुदायले यसरी मनाउदै सोनाम ल्होसार पर्व
धनकुटा,माघ १७ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व विभिन्न कार्यक्रम गरी आज मनाउँदैछन् ।
यो पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्दै आफन्तजन भेला भई मनोरञ्जन गरि एकअर्का बीच खुशी आदानप्रदान गर्दछन् ।
यहि अवसरमा धनकुटाको हिलेमा वृहत साँस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती धनकुटाको आयोजना तथा हिमालयन ईभेण्टको सहआयोजनामा हुन लागेको कार्यक्रम विहान ११ बजेदेखी शूूरु हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा तामाङ सास्कृतिक भेषभुषा एवं नृत्य प्रर्दशन,राष्ट्रिय कलाकार दीपिका बयम्बु सहित अन्य स्थानिय कलाकारहरुको साँगितिक प्रस्तुती रहने जनाईएको छ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६१ औँ वर्ष शुरु हुँदैछ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।


