माघ १८ गतेबाट संविधान संसोधनको बहस सुरु हुन्छः उपसभापति गुरुङ

स्याङ्जा, १७ माघ । यहीँ माघ १८ गतेदेखि सुरु हुन लागेको संसदको हिउदे अधिवेशनबाट संविधान संशोधनको बहसले औपचारिक रुपमा प्रवेश पाउने नेपाली काङ्ग्रेसका उपसभापति सांसद धनराज गुरुङले बताएका छन ।

 

नेपाली काङ्ग्रेस स्याङ्जाको आयोजना र नेपाली काङ्ग्रेस भिरकोट नगर कार्यसमितिको ब्यबस्थापनमा भिरकोट नगरपालिका ३ मा रहेको भिरकोट सिटिहलमा सम्पन्न नेपाली काङ्ग्रेस स्याङ्जाको एक सय दिने अभियानको समापन कार्यक्रमा बोल्दै पुर्व मन्त्री गुरुङले सबैको अपनत्वा हुनेगरी संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने बताएका हुन । 

 

उनले भने, ‘यहीँ हिउदे अधिवेशनबाट संविधान संशोधनको प्रक्रिया सुरु हुन्छ।’

 

काङ्ग्रेस, एमाले, माओवादी, रास्वापा, राप्रपा, समाजवादी, मधेसवादी सबैको बीचमा सर्वदलीय समिती बनाएर प्रक्रिया अगाडि बढ्ने बताउदै उनले संविधान संशोधन आजको आवश्यकता भएको हुँदा सबैको सहमतिमै संशोधनको प्रक्रिया अगाडि बढ्ने धारणा राखेका छन । देशमा देखा परेका आर्थिक, संबैधानिक जटिलता अन्त्य गर्न दुई पाटीको सयुक्त सरकार बनेको प्रशङ्ग जोड्दै यी दुई पाटीलाई देशको समस्य समाधान नगर्ने छुट नभएको समेत धारणा राखेका छन ।

 

रिऋ लिएर घ्यू खान नहुने प्रशङ्ग जोड्दै उनले सधै बिदेशमा निर्भर हुने अर्थतन्त्र अन्त्य गर्नुपर्नेमा जोड दिए । बिदेशबाट ल्याएको समानमा लगाउने करबाट उठेको रकमले देशमा सोचेजस्तो विकास गर्न नसकिने भन्दै देशकै आन्तरिक अर्थतन्त्र बलियो बनाउन पनि यतिबेला सबै राजनैतिक दल एक ठाउँमा आउनुपर्नेमा जोड दिए ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री गुरुङले काङ्ग्रेस भित्रको एकता स्याङ्जाबाट सुरु गरिएको उद्घोष गरे । उनले भने, ‘सहिद दिवस यिनै सहिदहरुलाई साक्षी राखेर स्याङ्जाबाट एकता अभियान सुरु गरेका छौं ।ू पाटीभित्रको गुटबन्दीले सिमिले ब्यक्तिले पद प्राप्त गरे पनी काङ्ग्रेसको लक्ष्य प्राप्ति नहुने उनको भनाइ थियो । पाटिको लक्षप्राप्ति गर्न सबैले गुट त्याग्न उनले आग्रह गरेका छन ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।