संबिधान संसोधनका लागि प्रारम्भिक छलफल सुरू गरिसकेका छौंः देउवा

काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुलबादमा आधारित भएर संबिधान संसोधन गर्नु पर्नेमा जोड दिएका छन् ।

 

संबिधान संसोधन गर्दा समावेशी समानुपातिक प्रतिनिधित्व, बहुलबादमा आधारित शाषन प्रणालीलाइ मुख्य आधार बनाउनु पर्नेमा उनले जोड दिएका हुन् ।

 

‘हामी राजनीतिक रूपमा अधिकार सम्पन्न भइसकेका छौं, अब आर्थिक रूपमा सबल हुन पनि जरूरी छ,’ देउवाले भने, ‘संबिधान संसोधनका लागि प्रारम्भिक छलफल सुरू भइसकेको छ, बहुलबाद र समावेशी समानुपातिक प्रतिनिधत्व जस्ता उपलब्धीलाइ मार्न दिनु हुन्न ।

 

संघीय संसदको हिउँदे अधिवेसनको पहिलो दिन सम्बोधन गर्दै नेपाली कांग्रेस र एमाले बिचको ७ बुदेँ सहमति कार्यान्वयनमा प्रतिबद्दता जनाउँदै केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरिरहेको पनि जनाएका छन् ।

 

‘सरकारको काम मुल्याङकन गर्नका लागि ६ महिनाको समय चाहिन्छ, अहिलेसम्म हेर्दा यो सरकारले राम्रो काम गरेको छ,’ देउवाले संसद बैठकमा भने, ‘सरकारले ल्याएको अध्यादेशले लगानी मैत्री बातावरण बनेको छ, ब्यावसायी उत्साहित छन, भुमीहिनले जग्गा पाउँदैछन् ।’ उनका अनुसार सरकारले राम्रो काम अझै गर्नेमा आफु विश्वस्त रहेकोसमेत जनाएका छन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।