धनकुटाका तीन विद्यार्थीलाई छात्रबृत्तिको रकम हस्तान्तरण
धनकुटा । विद्यार्थी परियोजना नेपालले धनकुटाका तीन जना विद्यार्थीलाई छात्रवृत्तिका लागि पठएको रकम प्रदान गरिएको छ । नेपाली कांग्रेस धनकुटाको सक्रिय ,पहल र महासमिती सदस्य उदय वहादुर लिम्बुको आग्रहमा प्राप्त सो रकम शुक्रवार प्रदान गरिएको हो ।
धनकुटा जिल्ला सागुरीगढी गाउपालिका वडा नं. १० का नेपाली कांग्रेसका तत्कालिन वडा सभापति स्व. झगेन्द्र राईको छोरा अनुज राईको लागि १५ हजार रुपैया,नेपाल प्रेस युनियन धनकुटा शाखाका तत्कालिन कोषाध्यक्ष पूर्ण कुमार चौधरीका छोरा आादित्य विक्रम चौधरीलाई १० हजार रुपैया र छथर छोरपाटीका प्रतिमा लिम्बुको लागि १३ हजार ५ सय रुपैया प्राप्त छात्रावृति पार्टीका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य डा. डिला संग्रौला ,जिल्ला सभापति दिनेश राई,महासमिति सदस्य उदय लिम्बुले संयुक्त रुपमा प्रदान गरेका थिए ।
छात्रवृतिको विषयमा जिल्ला सचिव विजय सन्तोषी राईले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा पूर्व प्रदेश राज्य मन्त्री माननीय इन्दिरा थापा,महासमिति सदस्यहरु आनन्द सन्तोषी राई, जिल्ला उपसभापती सुनिल कुमरा डंगोल लगायतले विद्यार्थीहरुलाई सफल अध्ययनका लागि शुभकामना दिएका थिए ।
अनुज राईलाई विगत तीन बर्ष अघिदेखी, प्रतिमा लिम्बुलाई दोस्रो किस्ता र आदित्य विक्रम चौधरीलाई पहिलो किस्ता वापतको रकम प्रदान गरिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव राईले जानकारी दिनुभयो ।


