प्रेस चौतारी धनकुटाद्वारा दुई पत्रकार सम्मानित
नारायण कुमार राई/धनकुटा,२० माघ । प्रेस चौतारी धनकुटाले आफ्नो १० औं अधिवेसनको अवसर पारेर संगठनमा आवद्ध रहेर क्रियाशिल पत्रकारिता गरिरहनु भएका २ पत्रकारलाई सम्मान र पुरस्कृत गरेको छ ।
धनकुटामा जारी अधिवेसनमा अग्रज पत्रकार सोभिस चेम्जोङलाई सम्मान र बलराम दाहाललाई पुरस्कृत गरेको हो ।
चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र जिल्लाका अध्यक्ष रबिन कट्टेलले चेम्जोङलाई सम्मान तथा दाहाललाई नगद रु सात हजार सहित सम्मान गरेको हो ।
चेम्जोङ अग्रदिप साप्ताहिकका सन्चालक,रेडियो बरुण पाख्रीबास र रेडियो मकालुका अध्यक्ष र दाहाल लामो समय देखि नीजि पत्रकारिता हुँदै हाल रेडियो नेपालमा कार्यरत हुनुहुन्छ ।
जारी संगठनको खुल्ला सत्र कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि धनकुटाका अध्यक्ष शिव आङ्ला,प्रेस चौतारी उपाध्यक्ष सुमन पुरी,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवास सहितले शुभकामना दिने कर्यक्रम चलिरहेको छ ।
बन्द सत्रको कार्यक्रमबाट नयां समिती चयनको कार्यक्रम भएको प्रेस चौतारी धनकुटाले जनाएको छ ।




