पाख्रिबास २ स्थित श्री पन्चकन्या प्राबिमा अध्ययनरत बिद्यार्थीहरुलाई जन्मदिनको अवसर पारेर न्यानो कपडा वितरण
धनकुटा,२१ माघ । धनकुटाको पाख्रिबास नगरपालिका २ रमिते स्थित श्री पन्चकन्या प्राथमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई जन्मदिनको अवसर पारेर न्यानो कपडा (ऊनको स्वीटर) २८ थान र फलफूल वितरण गरिएको छ ।
हाल अमेरिकाको टेक्सस अष्टिनमा रहंदै आउनु भएका अनु भट्टराई र विनोद थापाका छोरा अभय थापाको ८ औं जन्म दिनको अवसरमा उक्त सहयोग सामग्री प्रदान गरिएको हो ।
हजुर आमा दुर्गा देबी कार्कीको समेत उपस्थिति रहेको कार्यक्रमको औचित्य साथै नाति अभयको जन्मोत्सवको बारेमा हजुरबुबा गोपाल भट्टराईले प्रकाश पार्नु भएको थियो ।
बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष तोर्ण बहादुर खपांगी मगरको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथिको रुपमा पाख्रिबास नपा २ का वडा अध्यक्ष चुडामणि पुलामी रहनु भएको थियो । कार्यक्रममा पाख्रीबास नपा २ का वडा सदस्य निम बहादुर मगर,वडा ४ का पूर्व वडा अध्यक्ष सोवित निरौला साथै उक्त बिद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष,शिक्षक-शिक्षिका र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उक्त बिद्यालयका प्रधान अध्यापक टीका देबी घिमिरेले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन दिपेन्द्र गौतमले गर्नु भएको थियो ।
उक्त बिद्यालयमा अध्ययनरत सम्पूर्ण बिद्यार्थीहरुका तर्फबाट एकमुष्ट रुपमा अभयको जन्मदिनको शुभकामना पनि ब्यक्त गरेका थिए ।









