अध्यादेशबारे निर्णय गर्न उपेन्द्र यादव पार्टीका नेताहरूसँग

काठमाडौं – सरकारले प्रतिनिधिसभामा पेश गरेका ६ वटा अध्यादेशबारे निर्णय लिन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन्।

उनी उपाध्यक्ष राजकिशोर यादवसहितका नेताहरूसँग अध्यादेशबाट निर्णय लिने अन्तिम कसरत गरिरहेका छन्।

सरकारले माघ १८ गते प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश गरेको थियो।

प्रतिनिधिसभामा सत्तारुढ दल कांग्रेस-एमालेको बहुमत छ।

तर, राष्ट्रिय सभामा सत्तारुढ दलको बहुमत छैन। त्यसका लागि तीन जना सांसद आवश्यक पर्छन्, जो यादवको पार्टीमा छन्।

राष्ट्रिय सभामा ५९ सांसदमध्ये बहुमत पुग्न ३० सांसद आवश्यक पर्छ। एमाले-कांग्रेससँग २६ सांसद छन्। लोकतान्त्रिक समाजवादी पार्टीको राष्ट्रिय सभामा एक सिट छ। सरकारमा रहेकाले लोसपा अध्यादेशको पक्षमा छ।

अन्य आवश्यक तीन संख्या पुर्‍याएर अध्यादेश पास गर्न सरकारलाई चुनौती थियो। बिहीबार अध्यादेशबारे निर्णयका लागि दुबै संसदको बैठक बोलाइएको छ। 

जसपा अध्यक्ष यादवले यसअघि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिसकेका छन्। ओली र देउवाको सन्देश लिएर उनी पार्टीका नेताहरूसँग निर्णायक छलफलमा छन्।

अध्यादेशको पक्षमा उभिएसँगै जसपा कांग्रेस-एमाले सरकारमा सामेल हुनसक्ने आँकलन गरिएको छ।  

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।