पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक: कमल थापा

काठमाडौं, २४ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरु सबै एकै ठाउँमा आएर आन्दोलनमा होमिनु पर्ने प्रस्ताबप्रती राप्रपा अनुदार देखिनुलाई आफुले आश्चर्यजनक रुपमा लिएको बताएका छन् ।

 

आज पार्टीको लुम्बिनी, पश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चल र कर्णाली क्षेत्रका पदाधिकारी,सदस्य र जिल्ला अध्यक्षहरिसङ्गको भर्चुअल बैठकमा बोल्दै थापाले अहिले एक -एक ब्यक्तीको पनि महत्व र आबश्यकता भएको बेलामा सबै बिचार मिल्ने पार्टी ,समूह, अभियान एक ठाउँमा बसौ भन्दा राप्रपाले यो बिषयलाई प्राथमिकता नदिनु अचम्मको रहस्य भएको समेत बताए ।

 

“उहाँहरुको आफ्नो केही आन्तरिक समस्या पनि हुन सक्ला, अब त्यो हामिले जान्ने कुरा भएन”थापाले भने ।

 

राप्रपासङ्ग तत्काल एकता हुन नसकेता पनि एकताको ढोकालाई खुल्ला राख्दै अब बिचार मिल्ने अन्य अभियान ,समूह र पार्टीसङ्ग छलफल गरेर राप्रपा नेपाल आन्दोलनमा जाने उनले स्पष्ट पारे ।

 

“सिद्धान्त केन्द्रित भएर इमानदारीपुर्बक आन्दोलनमा जान तयार हुने सबैसङ्ग छलफल गर्छौ र आन्दोलनमा जान्छौ, अहिले एजेन्डा स्थापित गर्ने अनुकुल समय छ”- उनले भने ।

 

बेरोजगारी ,धर्म परिबर्तन, आर्थिक मन्दी जस्ता डरलाग्दो समस्या यो ब्यबस्था र प्रणालीले सामना गर्न नसक्ने भन्दै थापाले धार्मिक आस्था र बिश्वासमाथी हमला गर्दै धर्म संस्कृती र पहिचानलाई कमजोर बनाउने बिदेशी पैसाको प्रयोग गरिएकोमा आपत्ति प्रकट गर्दै थापाले छानबिन र कार्बाहिको समेत माग गरे ।

 

सो अबसरमा उनले संगठन र आन्दोलनलाई सङ्गै लैजानु पर्ने भएकोले बिषयको गाम्भिर्यतालाई बुझेर काम गर्न भर्चुअल बैठकमा सहभागी नेता कार्यकर्तामा आग्रह समेत गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।