पाख्रीबासमा रास्वपाले लियो तीब्रता, सुबास घिसिङको सभापतित्वमा १० नं मा वडा समिति गठन
धनकुटा,२८ माघ । धनकुटाको पाख्रीबास नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वडा समिति गठनलाई तीब्रता दिएको छ ।
यसै क्रममा आज पाख्रीबास नपा १० नं वडामा रास्वपाको वडा तदर्थ समिति गठन भएको छ ।
भेलाले सुबास घिसिङको सभापतित्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिको सह-सभापतिमा नर बहादुर योन्जन, सचिव सुबास परियार,सहसचिव तेज बहादुर कार्की र सदस्यहरुमा खड्का बहादुर मगर,अमृत गदार,सुबिन्द्र घिसिंग,पवित्रा बिक,सन माया तामांग,अमित राई र अनिल आले चयन गरिएको रास्वपा पाख्रीबास नगरपालिका संगठन विभाग प्रमुख बिष्णु बिक्रम निरौलाले जानकारी दिए ।
नव गठित समितिलाई रास्वपा धनकुटाका जिल्ला सभापति बालानन्द दाहालले शपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा रास्वपा जिल्ला सदस्य रुद्र बहादुर राउत लगायत पाख्रीबास नगर समितीका सभापति मणि कुमार भुजेल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
यस अघि गत शनिबार मात्रै वडा नं ४ मा पनि रास्वपाले आफ्नो वडा तदर्थ समिति गठन गरि सकेको छ ।





