धनकुटाको भीरगाउमाा किसान महासंघको नयाँ कार्य समिती गठन,अग्रजलाई सम्मान

धनकुटा । धनकुटा नगरपालिका २ भीरगाउमा नेपाल किसान महासंघको वडा अधिवेशन सम्पन्न भएको छ । महासंघका २ नं वडाको जिवर्तमान सभापती राज कुमार राईको अध्यक्षतामा सम्पन्न महाधिवेशनबाट प्रेम वहादुर खड्को अध्यक्षतामा नयाँ कार्य समिती चयन गरिएको छ । नव गठित समितीको उपाध्यक्षमा कमल वहादुर राई,सचिव संगिता कार्की रहेका छन् ।

अन्य सदस्यहरुमा अर्जुन राई, बुनुमाया राई,निर्मला वस्नेत,सुजन राई र देवेन्द्र राई रहेको नेपाल किसान महासंघ धनकुटाका अध्यक्ष दिल कुमार राईले जानकारी दिनु भयो । अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले कृषि क्षेत्रको विकास नै देश विकासका लागि एक मुख्य आधार भएको बताउनु भयो । उहाँले किसानहरुको जीवन स्तर उकास्न नसके मुलुक समृद्धी हुन नसक्ने धारणा राख्नुभयो ।

अधिवेशनमा नेपाल किसान महासंघ धनकुटाका जिल्ला अध्यक्ष दिल कुमार राई,नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका सभापती अभिषेक कर्माचार्य ,धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य मञ्जु कार्की, नेपाल तरुण दल भीरगाउका अध्यक्ष हर्क राई लगायतले शुभ कामना मन्तव्य राखेका थिएा । उनिहरुले नेपाल कृषि प्रधान देश भएकाले नया ढंगबाट कृषि क्षेत्रको विकास गर्नु पर्नेमा जोड दिए ।

अधिवेशनको अवसरमा त्यहाँका अग्रज तथा जेष्ट अभिभावकहरु रण कुमारी भट्टराई,अप्पसरा भट्टराई,लोक वहादुर भट्टराई हस्तमाया राई,कृतिमान भट्टराई,मान वहादुर भट्टराई,कृष्ण खड्का,हमेन्द्र खड्का लगायतलाई खादा लगाई सम्मान गरिएको थियोे ।

सो अवसर नेपाल किसान महासंघ धनुटाका अध्यक्ष दिल कुमार राईले नेपाल किसान महासंघको विधान र झण्डा नवनिर्वाचित वडा सभापती प्रेम खड्कालाई प्रदान गर्नु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖