नोबेल पुरस्कार बिजेताले पनि अनुदानमा पुस्तक लेख्छन्, याे सामान्य अभ्यास हाेः जीवा लामिछाने

काठमाडौं, ५ फागुन । चर्चित लेखक तथा नियात्राकार जीवा लामिछानेले अनुदानमा पुस्तक लेख्ने प्रचलन विश्वभरी सामान्य अभ्यास भएको बताएका छन् ।

 

पछिल्लो समय मुख्यतयाः अमेरिकन सहयोग नियोग युएसआइएडको सहयोगमा लेखिएका पुस्तक र लेखकका बारेमा चर्चा परिचर्चा भइरहदाँ लेखक लामिछानेले भने यसलाइ सामान्य अभ्यास भएको बताएका हुन ।
  

‘अनुदान (ग्रान्ट) लेखनका संबन्धमा’ भन्दै लेखक लामिछानेले सामाजिक सञ्जालमा अनुदान (ग्रान्ट) लेखन संसारभरि नै सामान्य अभ्यास मानिने गरिएको जनाएका हुन ।

‘लेखकहरूलाई आर्थिक बोझबाट स्वतन्त्र भएर आफ्नो सिर्जनशील काममा केन्द्रित हुन अनुदान तथा फेलोशिपहरू दिने गरिन्छ । त्यसैले, वास्तविक बहस अनुदान कसले पायो भन्ने होइन, त्यसबाट लेखिएका कृति कस्ता छन भन्ने विषयमा केन्द्रित हुनुपर्छ,’ उनले लेखेका छन, ‘पछिल्लो समय सामाजिक सञ्जालमा यस विषयलाई लिएर घृणायुक्त बहस हुनु दुःखद हो ।’

 

उनले अगाडी लेखेका छन, ‘सर्जकले अनुदान पाएर सिर्जना गर्नु कुनै अपराध होइन । बरु प्रश्न उठ्नुपर्ने भनेको त्यो लेखनले समाजलाई फाइदा पुर्‍यायो कि हानि गर्‍यो भन्ने हो । यदि कुनै पुस्तकले नयाँ दृष्टिकोण दिएको छ, महत्त्वपूर्ण विषय उजागर गरेको छ, वा साहित्यिक संस्कृतिलाई समृद्ध बनाएको छ भने, लेखकले कसरी वित्तीय सहायता प्राप्त गर्यो भन्ने विषय गौण हुनुपर्छ । ’

 

उनका अनुसार अन्तर्राष्ट्रिय स्तरमा नोबेल पुरस्कार, पुलित्जर पुरस्कार विजेता लेखकहरूले पनि अनुदानको सहयोगमा महत्त्वपूर्ण कृतिहरू लेखेका छन् । ‘टोनी मोरिसन, एडवार्ड जोन्स, कोल्सन ह्वाइटहेड, भियेत थान गुयेनजस्ता चर्चित लेखकहरूले अनुदानबाट लाभ उठाउँदै उत्कृष्ट साहित्य सिर्जना गरेका छन्, अनुदानले सिर्जनात्मकता, अनुसन्धान र बौद्धिक उन्नतिमा टेवा पुर्‍याउने भएकाले यसलाई नकारात्मक रूपमा हेर्नु गलत हो।’

 

उनी अगाडी भन्छन, ‘यदि नेपाली लेखकहरूले ग्रान्ट लिएर समाजलाई उपयोगी हुने पुस्तक लेखेका छन् भने, त्यो गौरवको विषय हो, आलोचना र घृणाको विषय होइन तसर्थ, बहस साहित्यिक गुणस्तर, लेखनले समाजमा पारेको प्रभाव र बौद्धिक योगदानमा केन्द्रित हुनुपर्छ । व्यक्तिगत पूर्वाग्रहले भरिएका बहसहरूले कसैलाई फाइदा पुर्याउदैन । रचनात्मक आलोचना हुनपर्छ, तर घृणायुक्त बहसले सिर्जनशीलतालाई हानी पुर्याउछ ।’
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।