प्रधानमन्त्री पत्नी राधिका शाक्यले ल्याइन् दाेस्राे पुस्तक ‘करुणा’, ओलीले दिए बधाइ

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी ओली पत्नी राधिका शाक्यले लेखेको दोस्रो पुस्तक ‘करुणा’ शनिबार सार्वजनिक हुने भएको छ । भोलि दिउँसो साढे १२ बजे राष्ट्रिय सभागृहमा पुस्तक लोकार्पण गरिने भएको छ ।

प्रधानमन्त्री ओलीले राधिकाको दोस्रो पुस्तक ‘करुणा’ आफ्नो हात परेको र साह्रै राम्रो लेखेको भन्दै बधाई र शुभकामना दिएका छन् । ‘अस्ति राधिकाको दोस्रो किताब ‘करुणा’ हात पर्‍यो। एकदमै राम्रो लेखेकी रहिछिन्, निकै रोचक लाग्यो। भोलि १२ः३० बजे राष्ट्रिय सभागृहमा पुस्तक सार्वजनिक गर्ने कार्यक्रम छ । राधिकालाई बधाई, धेरै धेरै शुभकामना,’ ओलीले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन् ।

राधिका शाक्यले यसअघि ‘मेरो अनुभूति’ भन्ने पुस्तक लेखेकी थिइन् । जसमा ओलीसँग साथमा रहँदा एमाले नेताहरुको चरित्र र विचार समेटिएको थियो । जसले एमाले नेताहरुमा तरंग सार्वजनिक गरेको थियो । ‘करुणा’ मा भने सामाजिक कार्यमा सहभागिता हुँदाका विषय समेटिएको बुझिएको छ ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।