लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष पुरस्कार प्रतिष्ठानद्वारा दुईजना पुरस्कृत

विराटनगर । लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष पुरस्कार प्रतिष्ठानले खेलकुद र साहित्य क्षेत्रका दुईजनालाई नगदसहित पुरस्कृत गरेको छ ।

खेलकुदका माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम चिनाएको भन्दै प्रतिष्ठानले क्रिकेटका प्रशिक्षक तथा खेलाडी विजयकुमार शर्मालाई नगद १ लाख १ हजारसहित पुरस्कृत गरेको छ । शर्मा पाँच दशकभन्दा लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय छन् ।

त्यस्तै साहित्यकार राधा भट्टराईलाई नगद १० हजार १ सय राशिसहित पुरस्कृत गरिएको छ । दुवैजनालाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्राध्यापक कविराज न्यौपाने, साहित्यकार लक्ष्मी उप्रेती, गंगा सुवेदीलगायतले दोसल्ला ओढाएर नगद राशि र सम्मानपत्र प्रदान गरेका थिए । विशेष गरी साहित्यकार भट्टराई मुक्तक लेखनमा सक्रिय छिन् । उनका विभिन्न कृति प्रकाशित छन् ।

समारोहमा प्रमुख अतिथि न्यौपानेले उप्रेती परिवारले महत्वपूर्ण कार्य गरेको चर्चा गरे । उनले आमाको नाम प्रतिष्ठान स्थापना गरेर विभिन्न क्षेत्रका व्यक्तिलाई पुरस्कृत गर्नु प्रशंनीय भएको बताए । सो अवसरमा चेतना प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, आयोजक संस्थाकी अध्यक्ष सभिना पोखरेल उप्रेती, महासचिव दिङ्लाली कान्छो, सचिव मीनकुमार नवोदित, नेपाली लेखक संघ कोशी प्रदेश अध्यक्ष गोकुल अधिकारी, साहित्यकार निर्मला कोइराला, प्रतिमा निरौलालगायतले पुरस्कृत व्यक्ति र प्रतिष्ठानकी संरक्षक अग्रज साहित्यकार लक्ष्मी उप्रेतीका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले आमा जीवित छँदै छोराछोरीले प्रतिष्ठान स्थापना गरेर पुण्य कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।

साहित्यकार उप्रेतीका छोरा संजय उप्रेती, छोरी सविना उप्रेती पोखरेल र सरिता उप्रेती ओलीले आमाको कर्मशील जीवनको सम्मान गर्दै १५ लाख राशिको अक्षयकोष स्थापना गरेका छन् । सोही अक्षयकोषबाट आउने ब्याजले हरेक वर्ष कुनै एक क्षेत्रका उल्लेखनीय कार्य गर्ने एकजना व्यक्तिलाई १ लाख एक हजार राशिसहित वर्षको उत्कृष्ट सम्मान र १० हजार १ सय राशिको साहित्यिकार लक्ष्मी उप्रेती नवप्रतिभा साहित्य पुरस्कार’ प्रदान गरिनेछ ।

गत वर्ष स्थापित प्रतिष्ठानले पुरस्कार भने यस वर्षदेखि वितरण गर्न सुरु गरेको हो । अझै रकम थपेर आगामी दिनमा कोषलाई वृद्धि गर्ने प्रतिष्ठानकी अध्यक्ष सभिना पोखरेल उप्रेतीले प्रतिबद्धता जनाइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।