नेकपा एमाले चौबिसेमा जीवन कटुवाल
नारायण कुमार राई/धनकुटा,१२ फागुन । जीवन कटुवालको अध्यक्षतामा ६० सदस्यीय नेकपा एमाले चौबिसे गाउँपालिका नयाँ कमिटी निर्वाचित भएको छ ।
पाटीका केन्द्रिय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतित्थ्यतामा शनिबार राजारानीमा सम्पन्न दोस्रो गाउँ अधिवेशनबाट कटुवाल सहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन भएको हो ।
अधिवेशन पछि नवनिर्वाचित समितिले बिज्ञप्ती जारी गर्दै अधिवेशन सौहार्द र शान्तिपूर्ण सम्पन्न भएको जानकारी दिएको छ ।
्
नवनिर्वाचित कमिटीका अध्यक्ष कटुवा सहित पदाधिकारीमा उपाध्यक्ष टंकमायाँ पाङमी मगर,सचिव बुदिन चेम्जोङ्ग,उपसचिव(खुला)मदन तुम्सा र महिला उपाध्यक्षमा बेदकुमारी गजमेर निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा खुला तर्फ दलित सदस्यहरुमा रमेशकुमार गजमेर र पञ्चबीर बिश्वकर्मा सहित भुगोल खुला,यूवा र महिला कोटाबाट ५३ जना सदस्यहरु निर्वाचित भएको हो ।
जसमा वडा नं.१ बाट पाँच जना,वडा नं.२ बाट १० जना,वडा नं.३ र वडा नं.६ बाट सात÷सात जना,वडा नं.४,५,७ र ८ बाट छ÷छ जना सदस्यहरु निर्वाचित भएका छन् ।
निर्वाचित खुला सदस्य तर्फ २७ जना,युवाबाट नौ जना र महिलाबाट १७ जना निर्वाचित हुनुभएको छ ।
गाउँ कमिटीको मुख्य कार्ययोजना पालिकाको आठ वटै वडा कमिटीहरु सुदृढ गर्ने र आगामी निर्वाचनमा पाटीलाई स्थानीय तह,प्रदेश र संघको चुनावमा जिताउन केन्द्रित रहने अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।
हाल चौबिसे गाउँपालिकामा नेकपा एमालेका आठ सय ७९ जना संगठित सदस्यहरु रहेको र गएको दोस्रो गाउँ अधिवेशनमा एक सय ५८ जना अधिवेशन प्रतिनीधि रहेको गाउँपाटीले जानकारी दिएको छ ।




