खोटाङमा हत्या गरिएको अवस्थामा एक महिला र एक पुरुषको शव फेला
खोटाङ । खोटाङको वराहपोखरी गाउँपालिकाको डाँडाखर्कमा जङ्गलमा हत्या गरिएको अवस्थामा एक महिला र एक पुरुष मृत अवस्थाॅा फेला परेका छन्।
अन्दाजी २३ वर्षीया सरिता बिष्ट बस्नेतको जङ्गलमा हत्या गरिएको अवस्थामा मृत फेला परेकी हुन् । त्यसैगरि सोही स्थानमा अन्दाजी २० बर्षिय शिखर बस्नेत पनि मृत अवस्थामा भेटिएका छन्। महिलाको शव झुण्डिएको अवस्थामा र पुरुषको शव करिब २५ मिटर तल जङ्गलमा भेटिएको छ।
मृतक महिला विवाहित हुन् र उनकी दुई वर्षको छोरी पनि छ। उनीहरू घाँस काट्न गएका थिए। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ।


