अपडेट : झापाको बिर्तामोड स्थित चिया बगानभित्र कुहिएको अवस्थामा फेला परेको पुरुषको शव पाँचथरका गुरुङको

झापा । झापाको बिर्तामोडस्थित गिरीबन्धु चिया बगानभित्र कुहिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

बिर्तामोड बसपार्क पूर्वपट्टि फेला परेको मृतक पाँचथर रानीटार-२ का टेकबहादुर गुरुङका छोरा ३८ वर्षीय कुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मृतकसँग फेला परेको नागरिकता प्रमाणपत्रको आधारमा उनको पहिचान खुलेको प्रहरीले जनाएको छ। उनको शव बिहीबार बिहान ७ बजेतिर भेटिएको थियो। जीउमा लुगा नलगाएको,जिन्स पाइन्ट लगाएको र खुट्टामा जुत्ता लगाएको अवस्थामा भेटिएको थियो। शवको अवस्था हेर्दा करिब एक साताअघि मृत्यु भएको आशंका प्रहरीले गरेको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।