नेकपा एमाले सहिदभूमिको अध्यक्षमा राई
धनकुटा,१६ फागुन । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको सहिदभूमि गाउंपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनबाट मातृका राईको अध्यक्षतामा ६३ सदस्यीय गाउंपालिका कमिटी चयन गरिएको छ ।
कमिटीको उपाध्यक्षमा हेम कुमार राई,सचिव बलिन्द्रमान राई,उपसचिवद्वय होमनाथ राई, निर्मला राई चयन भएका छन् ।
त्यसैगरि मोहन छिलिङ्ग राईको अध्यक्षतामा लेखा समिति चयन गरिएको छ ।
समितीको उपाध्यक्षमा किसान राई,सचिब भुपाल भण्डारी र सदस्यहरुमा डेनि राई,डम्बर कुमारी राई,फुल कुमारी बि.क. चयन भएका छन् ।


