रास्वपा पाख्रीबासले गर्यो वडा नं ७ मा थापाको सभापतित्वमा वडा समिती गठन

धनकुटा,१७ फागुन । धनकुटाको पाख्रीबास नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वडा समिति गठनलाई तीब्रता दिएको छ ।

यसै क्रममा आज पाख्रीबास नपा ७ नं वडामा रास्वपाको वडा तदर्थ समिति गठन भएको छ ।

भेलाले राम बहादुर थापाको सभापतित्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको उप सभापतिमा रेनु तामांग, सचिव मोहन थापा,सहसचिव अनिशा राय र सदस्यहरुमा भक्त बहादुर राउत,मोहन कुमार राउत,दुर्गा बहादुर तामांग,मेहर मान कार्की,चन्द्र बुढाथोकी,हिरा थापा र मनिशा खत्री चयन गरिएको रास्वपा पाख्रीबास नगरपालिका संगठन विभाग प्रमुख बिष्णु बिक्रम निरौलाले जानकारी दिए ।

नव गठित समितिलाई रास्वपा कोशी प्रदेश सदस्य दिपक गुरागाईले शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा रास्वपा धनकुटा जिल्ला समितीका अध्यक्ष बालानन्द दाहाल, सह सचिव भुवन थापा, सदस्य रुद्र राउत र पाख्रीबास नगर समितीका सभापति मणि कुमार भुजेल, सचिव बिदुर न्यौपाने साथै धनपा नगर सदस्य सौगात दाहाल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यस अघि रास्वपाले वडा नं ४ र १० मा आफ्नो वडा तदर्थ समिति गठन गरि सकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।