नेकपा एमाले पाख्रीबास नगर कमिटी अध्यक्षमा सिताराम राई
धनकुटा,१७ फागुन । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटा पाख्रीबास नगरपालिकाको दोस्रो अधिबेशन आज सम्पन्न भएको छ ।
अधिबेशनबाट सिताराम राईको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी चयन गरिएको छ ।
कमिटीको उपाध्यक्षमा मदन राई,सचिव दुर्गा सुवेदी ,उपसचिवद्वय मिठु देउजा महिला(महिला) र तोर्ण बहादुर खपाङ्गि चयन भएका छन् ।
त्यसैगरि लेखा समिति अध्यक्षमा मित्र बहादुर गौतम सहित ७ सदस्यीय समिति चयन गरिएको छ ।






