पार्टी भित्र देखिएका समस्याहरुलाई हल गर्दे एकतावद्व भएर अगाडि बढ्नु पर्ने :पूर्व मन्त्री राई

धनकुटा । पुर्व खानेपानी मन्त्री तथा नेकपा एमाले केन्द्रिय सदस्य राजेन्द्र कुमार राईले पार्टी भित्र देखिएका सानातिना समस्याहरुलाई हल गर्दे एकतावद्व भएर अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।

आज धनकुटाकाे पाख्रीवासमा आयोजित नेकपा एमाले पाख्रीवास नगर कमिटीकाे दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनु भएको हो ।

पार्टीका नगर कमिटी अध्यक्ष शान्तिराम गौतमको अध्यक्षतामा सञ्चालित अधिवेशनमा बोल्दै पूर्व मन्त्री राईले यसअघिको निर्वाचनमा आफ्नै पार्टीका साथिहरु आफ्ना उम्मेद्वारलाई हराउन लागि परेको भन्दै त्यसको समीक्षा हुने उल्लेख गर्नु भयो । उहाँले विकास निर्माणको प्रसंगलाई जाेड्दै यहाँ आफ्नो पार्टीको पहलमा धेरै कामहरु भईरहेको उल्लेख गर्नु भयो ।

उहाँले पाख्रीवास-फलाटे-अधेरी घाट सडक पीच हुँदै गरेकाे भन्दै अन्य सडकहरु पनि क्रमवद्व रुपमा निर्माण गर्दै लाने बताउनु भयो ।

त्यस्तै खानेपानी तर्फ भुल्के खानेपानीको विषयलाई जाेड्दै उहाँले यो आयोजमाको अब ३० प्रतिशत मात्र काम बाँकी रहेको उल्लेख गर्नु भएको छ । खानेपानी जनताको मौलिक अधिकारको विषय भएकाेले खानेपानी आयोजनाको काम कसैले रोक्न नसक्ने उहाँले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।