पाख्रीवास ८ मा नेपाल महिला संघ वडा समिती गठन
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ मा आज नेपाल महिला संघ वडा समिती गठन गरिएको छ ।
पाख्रीवास ८ का वडाध्यक्ष गजेन्द्र बहादुर राई, नेपाल महिला संघ जिल्ला उपाध्यक्ष अम्बिका धमला, काेषाध्यक्ष ईन्दु दर्नाल, सहसचिव जानुका सुन्दास लगायतकाे उपस्थितीमा ९ सदस्यीय समिती गठन गरिएको हो ।
समितीको अध्यक्षमा देवी घिमिरे,सचिवमा अस्मिता कार्की,सहसचिवमा रेनुका मगर(मगर भुजेल) र काेषाध्यक्षमा रुपा बर्देवा रहेका छन् ।
अन्य सदस्यहरुमा भिमा काफ्ले,गंगा राई लगायत छन् । समितीकाे उपाध्यक्ष पछि मनोनयन गरिने समितीले जनाएकाे छ ।


