नेकपा एमाले छथर जोरपाटीको अध्यक्षमा चन्द्र सुब्बा सर्वसम्मत

नारायण कुमार राई/धनकुटा, १८ फागुन । नेकपा एमाले छथरजोरपाटी गाउँपालिका धनकुटाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट चन्द्र सुब्बाको अध्यक्षतामा ५५ सदस्यीय नयाँ गाउँकमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

अधिवेशनबाट सुब्बा सहित उपाध्यक्ष महेन्द्र थापा , सचिव ओमबाबु थापा, उपसचिव लक्ष्मी लिम्बु, उपसचिव चन्द्र लिम्बु निर्वाचित हुनुभएको छ ।

अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व खानेपानी मन्त्री राजेन्द्र कुमार राईले गर्नुभएको थियो ।

नवनिर्वाचित गाउँकमिटीलाई मन्त्री राई सहित पार्टीका प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ,जिल्ला पार्टी अध्यक्ष शिब आङ्ला लिम्बू लगाएत पाटीका नेताहरुले शुभकामना दिनुभएको थियो ।

यस संगै धनकुटा जिल्लामा नेकपा एमालेको ६ वटा पालिकाको अधिवेशन सम्पन्न भएको प्रेस चौतारी नेपालका केन्द्रिय अनुशासन बिभागकी सदस्य मानवी मोक्तानले जानकारी दिनुभयो ।

 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।