एमाले सहिदभूमि ३ वडा कमिटीको अध्यक्षमा सुरेन्द्र कुमार राई,अनेम संघ ३ नं.वडा कमिटी अध्यक्षमा सदिक्षा राई
धनकुटा । नेकपा एमाले सहिदभूमि गाउँपालिका वडा नं ३ वडा कमिटीको दोस्रो अधिवेशन मार्फत सुरेन्द्र कुमार राईको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
अधिवेशनले उपाध्यक्ष हरिप्रसाद राई, सचिव सन्तोष कुमार राई,उप-सचिव बलप्रसाद राई र उप-सचिव गौमाया राई लगायत सदस्य चयन गरेको छ ।
त्यस्तै जनसंगठनतर्फ अखिल नेपाल महिला संघ ३ नं.वडा कमिटी काे सदिक्षा राईको अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल महिल संघको वडा कमिटी गठन गरेको छ ।
यस्तै उपाध्यक्ष सन्देश राई, सचिव बिसनमाया राई,उप-सचिव शान्त कुमारी राई र कोषाध्यक्ष निर्मला राई रहेकाछन् । यस्तै राष्ट्रिय युवा संघ नेपाल, ३ नं.वडा कमिटीकाे प्रदिप राईको अध्यक्षतामा २९ सदस्य युवा संघ गठन गरिएको छ । उपाध्यक्ष हर्कधन राई, सचिव चक्रबहादुर राई, उप-सचिव अनिता राई र कोषाध्यक्ष भुपेन्द्र राई रहेका छन् ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य बम राई, कोशी प्रदेश सल्लाहकार परिषद सदस्य मनोज राई, जिल्ला कमिटी सदस्य कमरेड अभियान्ता सुर्य बिक, सहअभियान्ता दिवानी राई, यज्ञ राई, सहिदभुमी गाउँ पार्टी कमिटी अध्यक्ष मातृका राई, उपाध्यक्ष हेम कुमार राईले कार्यक्रममा बाेल्नु हुदै ०८४ मा एमाले पार्टीलाई पहिलाे शक्तिशाली पार्टीको रुपमा स्थापित गराउने गरि काम गर्न निर्देश दिएकाछन् ।
कार्यक्रममा सचिब बलिन्द्रमान सिंङ राई, उपसचिव होमनाथ राई, लेखा समिति संयोजक मोहन राई, किसान राई, वडा कमिटी अध्यक्ष महावीर राई, अग्रज नेताहरु दल बहादुर राई, थाम बहादुर राई, जयबहादुर राई, थामजित राई, अम्बर नाक्छोङ्ग लगायतको उपस्थिति थियो ।




