प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठूल्ठूला मूर्ति चोर र वंश मास्ने ‘भाइमारा’ को आरोप लगाएका छन् ।

शुक्रबार माओवादी केन्द्र मेलम्ची नगरपालिकाको तेस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका हुन् ।

उनले भने- ‘धेरै चुरीफुरी नगरे हुन्छ । धेरै मुर्खता पहिला पनि भइसकेको छ । अर्को मुर्खता गरे भने नेपाली जनता, नेपालका राजनीतिक दल उदार हुँदैनन् । त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरु त उनको परिवारभित्र थिए नि । सबैले बुझेका छन् नेपाली जनताले । त्यसको प्लानर को हुन् भन्ने नेपाली जनताले बुझेका छन् ।’

उनले अहिलेको परिस्थिति खतरनाक भइनै सक्यो भन्ने चाही नरहेको तर दुस्साहस भने भएको टिप्पणी गरेका छन् । प्रचण्डले उक्त दुस्साहसलाई माओवादीले ‘इटको जवाफ पत्थरले दिने’ चेतावनी समेत दिए । प्रचण्डले देशको ठूला–ठूला मूर्ति चोर र वंश नास गर्ने ‘भाइमारा’ नेपाली जनताले विर्सिए भन्ने भ्रममा नपर्न ज्ञानेन्द्रलाई सुझाव दिए ।

उनले भने- ‘यो जुन नौटङ्कीहरु देखाइँदै छ । राजा, महाराजाको बारेमा । २५० वर्षसम्म राजा, महाराजाले यो देशलाई कहाँ पुर्याए ? नेपाली जनताले बिर्सिएको छ ? मुर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मुर्ति चोरहरु अहिले राजा ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले विर्सियो भन्ठानेको ?’

प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला दरबार हत्यकाण्डको फेरि एकचोटी छानविन हुनुपर्छ भनेको भन्दै आफूले ५ वर्ष शासन गर्न नपाउँदा त्यो काम अधुरै रहेको बताए । उनले भने, ‘मैले पहिलाचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटी छानविन गर्नुपर्ने छ भनेको थिएँ । मैले त्यतिबेला ५ वर्ष शासन गर्न पाएको भए फेरि एकचोटी छानविन गरेर भाइ मारा र राजद्रोही यिनीहरुलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।