नेकपा(माओवादी केन्द्र) पाख्रिबास नगर कमिटीको अध्यक्षमा पु:न निरौला
धनकुटा,३ चैत । नेकपा (माओवादी केन्द्र) पाख्रिबास नगरपालिका धनकुटाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
चैत २ गते सम्पन्न अधिवेशनबाट ओम प्रकाश निरौलाको अध्यक्षतामा ५५ सदस्य नयाँ नगर कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।
अधिवेशनबाट निरौला सहित उपाध्यक्षमा रमेश खाती,मीन कुमार गहतराज,रतन,प्रकाश निरौला, सचिव चट्टान, सह-सचिव गणेश कटुवाल,योगेन्द्र निरौला र कोषाध्यक्षमा युवराज कार्की निर्वाचित हुनु भएको छ ।
अधिवेशनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीले गर्नुभएको थियो ।





