नेकपा एमाले सहिदभूमि ४ नं. वडा कमिटीको अध्यक्षमा नरेन्द्र राई

धनकुटा । धनकुटाको नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहिदभूमि गाउँपालिका ४ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट नरेन्द्र राईको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा हर्कलाल राई,सचिव जय कुमार राई,उप-सचिव हरि चन्द्र राई र उप-सचिव जीवन कुमारी राई लगायत सदस्य रहेका छन् ।

त्यस्तै गरि जनसंगठन तर्फ अनेम संघ नेपालको ४ नं. वडा कमिटी विनिता राईको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत चयन गरिएको छ ।
उपाध्यक्ष रुप कुमारी राई, सचिव चन्द्र कुमारी विक, उप-सचिव वालकुमारी र कोषाध्यक्ष हेम कुमारी राई लगायत रहेका छन् ।

अधिवेशन प्रमुख नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य, धनकुटा जिल्ला निर्वाचन क्षेत्र (ख) इन्चार्ज शकुन्तला बस्नेतकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

यस्तै गरि नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य, एवम् पालिका इन्चार्ज साबित्रा राई, कोशी प्रदेश कमिटी सदस्य प्रकाश राई, सहिदभूमि गाउँपालिका अध्यक्ष तथा पार्टी कोशी प्रदेश सल्लाहकार परिषद सदस्य मनोज राई, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य बलेन्द्र राई, अस्मिका राई, पार्टी जिल्ला कमिटी सदस्यहरु केशब राई, बसन्त राई, सहिदभूमि पालिका कमिटी अध्यक्ष मातृका राई, उपाध्यक्ष हेम कुमार राई,सचिव बलिन्द्रमान सिंह राई, पार्टी पालिका लेखा समिति अध्यक्ष मोहन राई, युवा संघ सहिदभुमी पालिका कमिटी उपाध्यक्ष डम्बर राईको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।