नेकपा एमाले पाख्रिबास ६ नं वडा कमिटी अध्यक्षमा तामांग

धनकुटा,५ चैत । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको पाख्रिबास नगरपालिका वडा नम्बर ६ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट पदम बहादुर तामांगको अध्यक्षतामा २५ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

अधिवेशनबाट तामांग सहित उपाध्यक्षमा बेल बहादुर कटुवाल,सचिव हिम बहादुर कटुवाल ,उपसचिवद्वयमा हिमतारा तामांग र रुद्र प्रसाद राई निर्वाचित हुनु भएको छ ।

नव निर्वाचित पदाधिकारीहरुलाई एमाले कोशी प्रदेश सदस्य तथा पाख्रिबास नपा इन्चार्ज खण्डमान राईले सपथ गराउनु भएको थियो ।

कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य हरु तथा नपाका पदाधिकारीहरु साथै स्थानिय वडाबासीको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।