एमाले पाख्रिबास ८ नं वडा कमिटीको अध्यक्षमा नगेन्द्र राई
धनकुटा, ११ चैत । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको पाख्रिबास नगरपालिका वडा नम्बर ८ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट नगेन्द्र राईको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशनबाट राई सहित उपाध्यक्षमा रामजी राई ,सचिव पर्शुराम सुवेदी ,उपसचिवद्वयमा मनुका घिमिरे र लाल बहादुर गिरी निर्वाचित हुनु भएको छ ।
त्यसैगरि अखिल नेपाल महिला संघ ८ नं वडा कमिटीमा फुलमाया भट्टराई अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्वाचित भएका छन् भने अखिल नेपाल युवा संघ वडा कमिटीमा रसम राईको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरिएको छ ।
त्यस्तै अखिल नेपाल किसान संघ वडा कमिटीमा कर्ण बहादुर राईको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी निर्वाचित भएका छन् ।


