टि–२० क्रिकेट प्रतियोगिता : मोरङ र आयोजक मिल्स क्रिकेट विजयी

विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा मोरङ जिल्ला र आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी विजय भएको छ ।

विराटनगरको गिरजा प्रसाद कोइराला वैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको खेलमा मोरङले उदयपुर जिल्लालाई ५० रनले र आयोजकले सुनसरीलाई ६ विकेटले हराउँदै विजयी भएको हो । जितसँगै मोरङ र आयोजकले समान २–२ अंक जोडेको छ ।

दोस्रो दिनको पहिलो खेलमा मोरङले दिएको १२० रनको विजय लक्ष्य पछ्याएको उदयपुरले १९ दशमलप ३ ओभरमा सबै विकेट गुमाउँदै ६९ रन मात्रै बनाउन सक्यो । उदयपुरका पर्वत राईले १९ बलमा १५ रन, नवराज सिग्देलले ९ बलमा ११ रन बनाए भने निराजन तिवारीले २१ बलमा १० रनको योगदान दिए । उदयपुरका अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन ।

मोरङका मिनाशा थापाले कसिलो बलिङ गरे । उनले ४ ओभरमा ७ रन बनाएर ४ विकेट लिए । उनी खेलको प्लयेर अफ म्याच घोषित भएर नगद २ हजार पाँच सय पाए । अमर यादवले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेकोे मोरङले १९ दशमलप ६ ओभरमा सबै विकेट गुमाइ ११९ रनको लक्ष्य लिएको थियो । मोरङका दिपक पासवानले सर्वाधिक रन बनाए । उनले २७ बलमा ४ चौका प्रहार गरे । सन्तोष चौधरीले २१ बलमा १८ रनको योगदान दिए । अरु ब्याटरले दोहोरो अंक बनाउन सकेनन ।

उदयपुरका तेज आचार्य र नवराज सिग्देलले समान ३–३ विकेट लिए । तेजले ४ ओभरमा १८ रन खर्चिए भने नवराजले ३ ओभरमा ३३ रन खर्चिए ।

सोही दिन भएको दोस्रो खेलमा सुनसरीले दिएको ११८ रनको लक्ष्य निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा आयोजकले पूरा गर्यो । आयोजकको जितमा निरु मुखियाले सर्वाधिक रन बनाए । उनले २९ बलमा ३६ रन बनाए । निरुले १ छक्का १ चौका प्रहार गरे । मुकुन्द यादवले अविजित २५ बलमा २५ रन पारी खेल्दा जशक खड्काले अविजित २३ बलमा १५ रनको योगदान दिए ।

सुनसरीका बलर हार्दिक, गौरव कटुवाल, सिरयान यादवले समान १–१ विकेट लिए ।

यसअघि सुनसरीले १९ दशमलप ६ बलमा सबै विकेट गुमाइ ११७ रनमा सिमित भएको थियो । जसमा सोनु मण्डलले ३६ बलमा ३४ रन र रितेस रोयले २० बलमा २८ रन बनाए । सुनसरीका अरु ब्याटरले दोहोरो अंक ल्याउन सकेनन ।

आयोजकका अलराउन्डर खेलाडी जोशक खड्काको कसिलो बलिङ सामु सुनसरीका खेलाडी क्रिजमा टिक्न सकेनन । उनले ४ ओभरमा १३ रन खर्चेर ५ विकेट लिए । आयोजकका जोशक खड्का प्यलेर अफ द म्याच घोषित भए । उनले नगद २ हजार पाँच सय पाए । त्यसैगरी विधान गोस्वामीले ३ ओभरमा ४१ रन खर्चर ३ विकेट लिए । प्रशान्त साह र कृष्णले समान १–१ विकेट लिए ।

बिहीबारको पहिलो खेल मोरङ र इलामबीच हुने छ भने सोही दिन हुने दोस्रो खेल सुनसरी र झापा जिल्लाबीच हुनेछ ।

मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा भएको प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्ता जोशीले जानकारी दिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।