नेकपा एमाले पाख्रिबास १० नं वडा कमिटीको अध्यक्षमा निर्मला जर्घा मगर
धनकुटा,१४ चैत । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको पाख्रिबास नगरपालिका वडा नम्बर १० को दोस्रो वडा अधिवेशन चैत १३ गते सम्पन्न भएको छ ।
अधिवेशनबाट निर्मला जर्घा मगरको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।
अधिवेशनबाट मगर सहित उपाध्यक्षमा रमेश राई ,सचिव गोपाल पुर्बछाने ,उपसचिवद्वयमा प्रकाश राई र जिना सुबेदी निर्वाचित हुनु भएको छ ।
त्यसैगरि अखिल नेपाल महिला संघ १० नं वडा कमिटीमा दिल कुमारी राईको अध्यक्षतामा २१ सदस्यीय कमिटी निर्वाचित भएका छन् भने अखिल नेपाल युवा संघ वडा कमिटीमा मणि राईको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरिएको छ ।
त्यस्तै अखिल नेपाल किसान संघ वडा कमिटीमा महेन्द्र राईको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी निर्वाचित भएका छन् ।


