बस र म्याजिक गाडी ठोक्किँदा म्याजिक चालक ३२ वर्षीय कोईरालाको मृत्यु
काठमाडौ । मकवानपुरको मनहरी गाउँपालिका-६, लोथर बजारमा शुक्रबार बिहान बस र म्याजिक गाडी ठोक्किँदा म्याजिक चालक ३२ वर्षीय सन्देश कोईरालाको मृत्यु भएको छ।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बस र मनहरीबाट चितवन जाँदै गरेको म्याजिक ठोक्किँदा कोईराला गम्भीर घाइते भएका थिए र उपचारका क्रममा चितवन नयाँ मेडिकल कलेजमा बिहान ४:१५ बजे उनको मृत्यु भयो।
दुर्घटनापछि स्थानीयले राजमार्ग अवरुद्ध गरी विरोध जनाए, र प्रहरी प्रशासनले बस चालकलाई नियन्त्रणमा लिएको छ।


