विराटनगरमा इन्फोम्याटिक्स कन्सल्टेन्सीको उद्घाटन

विराटनगर । विराटनगरमा इन्फोम्याटिक्स कन्सल्टेन्सीको उद्घाटन भएको छ । विराटनगर १० संसारीमाइस्थान मा इन्फोम्याटिक्स कन्सलटेन्सीको उद्घाटन नेपाल पत्रकार महासङ्घ मोरङ सभापति सुशीला पाठक , समाजसेवी तथा नेपाली काङ्ग्रेस विराटनगर सभापति दिपक चापागाईं, नेपाली काङ्ग्रेस जिल्ला सहसचिव संजय मण्डल र इन्फोम्याटिक्सका सस्थापक / संचालक ज्ञानेन्द्र मान जोशीले सयुक्त रुपमा रिबन काटेर गरेका थिए ।

इन्फोम्याटिक्स विराटनगरका प्रबन्ध निर्देशक सबिन दाहालका अनुसार विगत २५ बर्ष देखि वैदेशिक शिक्षाको क्षेत्रमा अग्रणी सस्थाका रुपमा रहेर सेवा प्रदान गरेको कन्सलटेन्सीको विराटनगरमा शाखा स्थापना गरिएको हो ।

न्युजिल्यान्डका लागि नम्बर वान कन्सल्टेन्सीका रुपमा परिचित इन्फोम्याटिक्सले अमेरिका , बेलायत ,युरोप , दुबइ , क्यानडा,अस्ट्रेलिया,दक्षिण कोरिया , जापान लगायतका देशहरुका प्रतिष्ठित विश्व विधालयमा बिद्यार्थी पठाइने अर्का निर्देशक सन्ताेष दाहालले बताए ।

विराटनगर मा उद्घाटन भएको कन्सल्टेन्सीमा उल्लेख्य मात्रामा विधार्थीको उपस्थिति देखिएको थियो भने अभिभावकहरु समेत आफ्ना छोरा छोरीको वैदेशिक शिक्षाका लागि परामर्श लिन उपस्थित भएको निर्देशक कृतिशा काफ्लेले जानकारी दिइन ।

हाल सम्म २० हजार भन्दा बढी सन्तुष्ट विधार्थी बिदेशका विभिन्न विश्व बिधालयहरुमा अध्य्यनरत रहेको , न्युजिल्यान्ड , अमेरिका, भारत र नेपालमा यो कन्सल्टेन्सी संचालनमा रहेको इन्फोम्याटिक्सका सस्थापक संचालक ज्ञानेन्द्र मान जोशीले जानकारी दिए। प्रधान कार्यालय पुतलीसडक शंकरदेव कलेज अगाडि बाट सेवा प्रदान गरिएको कन्सलटेन्सी नेपालमा भने दमक , सुर्खेत , पोखरा ,हेटौंडा , कुमारीपाटी र चाबहिलमा संचालनमा रहेको जोशीले जानकारी दिए।

विराटनगरमा संचालनमा आएको कन्सल्टेन्सीमा आइएल्टस ,पिटिइ, कोरियन र जापानीज भाषा लगायतका तयारी कक्षा समेत संचालन हुने इन्फोम्याटिक्स विराटनगरले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।