टि–२० क्रिकेट :फाइनलमा आयोजक मिल्स र मोरङ भिड्दै

विराटनगर । झापा जिल्लामाथि सानदार जित निकाल्दै आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिताको फाइलनमा पुगेको छ ।

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा झापा जिल्लालाई ३ विकेटले हराउँदै आयोजक फाइलनमा पुगेको हो ।

आयोजक मिल्स क्रिकेट क्लब अपराजित हुँदै फाइलनको यात्रा सुरक्षित गरेको छ । आयोजकले दुई खेलबाट चार अंक जोड्यो । झापाले समान खेलबाट दुई अंक बटुल्दै प्रतियोगिताबाट बाहिरियो ।

यसअघि रनरेटको आधारमा मोरङ फाइलनमा पुगिसकेको छ । उपाधिको लागि शनिबार आयोजक र घरेलु टिम प्रतिस्पर्धा गर्नेछ ।

झापाले दिएको ११० रनको लक्ष्य आयोजकले १९.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो । जितका लागि आयोजकका मुकुन्द यादवले ३४ बलमा सर्वाधिक ३९ रन बनाए । उनले एक छक्का र ४ चौका हिर्काए । उनी खेलको प्यलेर अफ द म्याच घोषित भएर नगद २ हजार पाँच सय रुपैयाँ हात पारे । विशाल ऋषिदेवले ४१ बलमा ३६ रन बनाए । उनको ब्याटबाट एक छक्का र २ चौका प्रहार गरे । आयोजकका ओपनर विधान गोस्वामीले ८ बलमा पाँच रन मात्रै बनाए । अरु ब्याटरले दोहोरो अंक ल्याउन सकेनन्

झापाका बलर आयुष न्यौपाने र विजय कार्कीले समान २–२ विकेट लिए ।

यसअघि २० ओभरमा अलआउट हुँदै झापाले १०९ रनको योगफल बनाएको थियो । झापाका भुपेश गौतमले ३८ बलमा ३२ रन पारी खेल्दा दिपु भुजेलले ३७ बलमा २५ रनको योगदान दिए । सिद्धार्थले २४ बलमा २२ रन बनाउँदा झापाका अरु ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।

आयोजकका कृष कामतले कसिलो बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सुधिर कामतले ४ ओभरमा २३ रन खर्चेर तीन विकेट लिए भने प्रशान्त साह र मुकुन्द यादवले समान २–२ विकेट लिए ।
मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्डको संयोजनामा भएको प्रतियोगितामा क्यानमा आवद्ध ६ वटा जिल्लाको सहभागिता रहेको थियो ।

चैत १६ गतेसम्म हुने प्रतियोगिताको विजेता हुने टिमलाई नगद १ लाख १ हजार रुपैयाँ र उपविजेता टिमलाई ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । म्यान अफ द श्रीरिज हुने खेलाडीलाई १५ हजार, बेस्ट ब्याटमेन बेस्ट बलरलाई जनही ११ हजार पुरस्कार रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।