एमाले सहिदभूमि ५ नं. वडा कमिटीको   दोस्रो अधिवेशन  सम्पन्न , विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहिदभूमि गाउँपालिका  ५ नं. वडा कमिटीको  दोस्रो अधिवेशन  सम्पन्न भएको छ ।

अधिवेशनबाट  बालचन्द्र राईकाे अध्यक्षतामा  २३ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गर्दै वडा अधिवेशन सम्पन्न भएको हाे । वडा कमिटी उपाध्यक्षमा  उपाध्यक्ष मधुसूदन राई, सचिव  भुइँदल राई, उप-सचिव रत्न राई, उप-सचिव चित्रकला राई लगायत  सदस्यहरु रहेकाछन् ।

साेहि अवसरमा  एमालेको निति, विचार र सिद्धान्तलाई मन पराएर  जसपा सहिदभुमी गापाको अध्यक्ष पद परित्याग गरि राम बहादुर गाैरा राईले  पार्टी प्रवेश गरेको छ भने  नेकपा एस पार्टीका ५ न. वडा कमिटी सचिव परित्याग गरि  मेख ब. राई पार्टी प्रवेश गरेको सहिदभूमि ईन्चार्ज सावित्रा  राईले जानकारी दिनुभयो । 

त्यस्तै जनसंगठनतर्फ  अनेम संघ नेपाल, ५ नं.वडा कमिटी  सर्मिला राईको अध्यक्षतामा ११ सदस्य गठन गरिएको छ । त्यस्तै उपाध्यक्ष संगिता राई, सचिव सन्देशमाया राई, उप-सचिव सावित्रा राई, कोषाध्यक्ष  यसोदा राई रहेको छ । ५ नम्बर वडा  कमिटी रास्ट्रीय यूवा संघ नेपाल संग्राम राईको नेतृत्वमा  १३ सदस्यीय गठन गरिएको छ । संघको उपाध्यक्ष : दिपन राई,  सचिव मेख ब. राई, उप-सचिव  आकाश राई, कोषाध्यक्ष कृतिका राई रहेकाछन् ।

यस्तै  लोकतान्त्रिक आदिवासी जनजाती महासंघ ५ न. वडाकमिटी राज कुमार राईकाे अध्यक्षतामा ७ सदस्य गठन गरिएको छ । महासंघको उपाध्यक्ष  दिपन राई, सचिव  थाम बहादुर राई, उप- सचिव  रुपनारायण राई,कोषाध्यक्ष उदब राई रहेकाछन् ।

यस्तै अखिल नेपाल किसान माहासंघ राम बहादुर बिककाे अध्यक्षतामा ९ सदस्यीय गठन गरिएको छ । यस्तै  उपाध्यक्ष दिल कुमारी बि. क., सचिव भक्त बि.क., उप- सचिव  लिला बि. क., कोषाध्यक्ष शान्ति बि. क. रहेको छ ।  ५ न. वडा अधिवेशन  नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य साथै धनकुटा निर्वाचन क्षेत्र “ख” इन्चार्ज सकुन्तला बस्नेतकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे ।

अधिवेशनमा नेकपा एमाले जिल्ला कमिटी धनकुटा पार्टी अध्यक्ष शिव आङ्ला , नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा कोशी प्रदेश सभा सदस्य इन्द्रमणी पराजुलीज्यू, नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य, एवम् सहिदभुमी पालिका कमिटी इन्चार्ज  साबित्रा राई, सहिदभूमि गाउँपालिका अध्यक्ष तथा पार्टी कोशी प्रदेश सल्लाहकार परिषद सदस्य मनोज राई , जिल्ला कमिटी सचिवालय सदस्य बम बहादुर राई र अस्मिका राई, जिल्ला कमिटी सदस्य साथै सहिदभुमी पालिका कमिटी समन्वय कर्ता  बलेन्द्र राई, जिल्ला कमिटी सदस्यहरु लाल बहादुर राई,  केशब राई, जेष्ठ कम्युनिस्ट मञ्च कोशी प्रदेश कमिटी सदस्य एवं निवर्तमान वडा अध्यक्ष  मल्सुराम राई,पार्टी जिल्ला सल्लाहकार परिषद सदस्य  टिकाराम राई, नेकपा एमाले सहिदभूमि पालिका कमिटी अध्यक्ष  मातृका राई, उपाध्यक्ष हेम कुमार राई, सचीव बलिन्द्रमानसिंह राई, उपसचिव  निर्मला राई, लेखा समिति संयोजक मोहन छिलिङ्ग राई,अनेम संघ सहिदभुमि पालिका कमिटी अध्यक्ष सुशीला राई , पार्टी पालिका कमिटीका सदस्य क. कल्पना घिसिङ्ग राई लगायत पालिका कमिटी सदस्य, वडा कमिटी अध्यक्ष लुम्बराज राई, ५ न. वडाका अग्रज कम्युनिस्ट नेताहरु, २०३६ सालको किसान आन्दोलनका राजबन्दी तथा साविक खोकु गाविसका पुर्व गाविस उपाध्यक्ष पोखमान राई,  त्यस्तै राजबन्दी तथा साविक खोकु गाविस ९ न. वडाका पुर्व वडा अध्यक्ष  चित्रमान राई, लगायत वडाका पार्टीका अग्रज कम्युनिस्ट नेतृत्वहरु, पार्टी वडा कमिटीका नेता तथा कार्यकर्ता , पार्टी सुभेच्छुक, शुभचिन्तक ,,सहिदभुमी गा•पा• वडा न.४ र ५ न. वडाका बुद्धिजिवि शिक्षा प्रेमी समाजसेवि , ५ न . वडाका समाजसेवि बुद्धिजिबि  राई, वडाका निवर्तमान जनप्रतिनिधि, ५ न. वडाको टोल टोलबाट प्रतिनिधित्व गरेर आउनुभएका पार्टीका प्रतिनिधि लगायतको भव्य उपस्थितिमा सम्पन्न भएको थियोे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।