नेकपा एमाले पाख्रिबास ९ नं वडा कमिटीको अध्यक्षमा जय बहादुर तामाङ

धनकुटा,१७ चैत । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको पाख्रिबास नगरपालिका वडा नम्बर ९ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।

चैत १६ गते सम्पन्न अधिवेशनबाट जय बहादुर तामाङको अध्यक्षतामा ३३ सदस्यीय वडा कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

अधिवेशनबाट तामाङ सहित उपाध्यक्षमा चन्द्र बहादुर ठाडा मगर ,सचिव बलेन्द्र ठाडा मगर ,उपसचिवद्वयमा दिलु तामाङ र योगेन्द्र तामाङ निर्वाचित हुनु भएको छ ।

त्यसैगरि अखिल नेपाल महिला संघ ९ नं वडा कमिटीमा दिलु तामाङको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्वाचित भएका छन् । कमिटीको उपाध्यक्षमा कृष्ण माया आले,सचिव तारादेबी धमला,उप सचिब सरला आले र कोषाध्यक्षमा बबिता घिसिङ निर्वाचित भएका छन् ।

भने अखिल नेपाल युवा संघ वडा कमिटीमा लिला बहादुर मगरको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरिएको छ । कमिटीको उपाध्यक्ष प्रेम आले मगर,सचिब सुमन तामाङ,उप सचिब बिजय आले र कोषाधय्क्षमा आदिती भुजेल निर्वाचित भएका छन् ।

त्यस्तै अखिल नेपाल किसान महा संघ वडा कमिटीको अध्यक्षमा लोकेन्द्र राना,उपाध्यक्ष मान बहादर बल,सचिब पदम बहादुर सुर्य आले लगायतका सदस्यहरु निर्वाचित भएका छन् ।

उक्त अधिवेशन नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा नगर ईन्चार्ज खण्डमान राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । अधिवेशनमा जिल्ला सचिवालय सदस्य सान्तिराम गाैउत्तम, जिल्ला सल्लाहकार परिषद सदस्य भिम राई , जिल्ला कमिटी सदस्य तथा अनेम नगर कमिटी अध्यक्ष सम्झना आले ,नगरपार्टि अध्यक्ष सिताराम राई , सचिव दुर्गा सुवेदी , उपसचिव ताेर्ण खपाङ्गि , उपाध्यक्ष मदन राई , जिल्ला कमिटी , नगरकमिटी विभिन्न जनसंगठनमा आवद्व नेताहरूकाे उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।