भोजपुरमा क्यान्सर पीडित आमालाई छोडेर कतार हिँडेका दर्जीलाई राजावादी आन्दोलनमा यसरी लाग्यो गोली

काठमाडौँ— भोजपुरको रामप्रसाद गाउँपालिका–१ खेनाका ३० वर्षीय शम्भू दर्जी शुक्रबार काठमाडौँको गौरीघाटस्थित दिदीको कोठामा जाँदै थिए। वैदेशिक रोजगारीका लागि यही मंगलबार कतार जाने तयारीमा रहेका उनी अहिले अस्पतालमा भर्ना छन्।

कतार जान भनेर पारिवारसँग विदा भई काठमाडौँ झरेका उनलाई दिदीको कोठा पुग्न नपाउँदै तीनकुनेमा प्रहरीको गोली लाग्यो। अहिले उनी राष्ट्रिय ट्रमा सेन्टरको अर्थो ट्रमा हाड–जोर्नी वार्डमा उपचाररत छन्।

शुक्रबार राजसंस्था पुनस्र्थापनाको माग गर्दै काठमाडौँमा राजावादीहरुले प्रदर्शन गरिरहेका थिए। आन्दोनलका कारण गाडी बन्द भएपछि उनले हिडेरै कोटेश्वर पुग्ने योजना बनाए। तीनकुने पुग्दा झड्प भइरहेको थियो। उनी पहिले टियर ग्याँसको निशानामा परे। आँखा पोलिरहेको थियो।
आँखा सामान्य नहुन्जेल उनले रोकिने र केही बेर रमित हेर्ने सोच बनाए। चोककै साईडमा बसेर हेरिरहेका बेला कताबाट गोली आएर लाग्यो उनले मेसो नै पाएनन्। उनलाई रबरको गोली लागेको स्वयमले वताएका छ।

कतार जानका लागि धेरै पैसा खर्च गरिसकेका उनी अहिले रनफुल्लमा परेका छन्। ‘केही सोच्न सकेकै छैन, अव के हुन्छ।’ उनी यसअघि पनि विदेशमै थिए। पाँच वर्ष साउदी अरब बसेर नेपाल आएका उनी पचास हजार तलब सम्झौता भएसँगै कतार जान लागेको थिए।

उनका अनुसार आमा क्यान्सरको बिरामी छन्। उपचार र परिवारिक समस्या समाधानका लागि कमाउन हिडेका उनी आफै थला परेका छन्। आफु आन्दोलनमा नआएको उनी बताउँछन्। यस्तै आन्दोलन र अस्थिरताका कारण अहिले नेपाली युवाहरु देशमा वसेर बाँच्न नसक्ने अवस्था रहेको बताउँने उनी आन्दोलन र हिंसा भन्दा पनि स्वदेशमै बसेर गरिखान पाउँने वातावरण बनाउँन सवैलाई आग्रह गर्छन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।