नेकपा एमाले पाख्रिबास ४ नं वडा कमिटीको दोस्रो अधिबेशन सम्पन्न,अध्यक्षमा श्रेष्ठ

धनकुटा,१७ चैत । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको पाख्रिबास नगरपालिका वडा नम्बर ४ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।

सम्पन्न अधिवेशनबाट प्रनेश श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय वडा कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

अधिवेशनबाट श्रेष्ठ सहित उपाध्यक्षमा सूर्य बहादुर गुरुंग ,सचिव भिम बहादुर सापकोटा,उपसचिवद्वयमा शान्तिदेबी राई र संगिता बस्नेत निर्वाचित हुनु भएको छ ।

त्यसैगरि अखिल नेपाल महिला संघ ४ नं वडा कमिटी शान्ती राईको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्वाचित भएका छन् ।

अखिल नेपाल युवा संघ वडा कमिटी कुल बहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय कमिटी भएका छन् भने अखिल नेपाल किसान महासङ वडा कमिटीमा अनन्त निरौलाको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा नगर ईन्चार्ज खण्डमान राईले पद तथा गोपनियताको शपथ गराउनु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।